Loading...
 

शैक्षिक भासण प्रतियोगिता

 

Education

 

भाषणकाे अवधि

शैक्षिक भाषण प्रतियोगिताकाे लक्ष्य भनेकाे उत्कृष्ट विज्ञान संचारकहरु जो ज्ञान, प्रेरणा, र मानिसहरुलाई सिकाउन सक्छ तिनलाई खोज्नु हाे ।

शैक्षिक भाषण प्रतियोगितामा प्रवेश गर्ने भाषणहरुका लागि १० मिनेटको अधिकतम समयावधि ताेकिएकाे हुनु पर्छ।

भाषणहरुकाे शीर्षक

शैक्षिक भाषण प्रतियोगिताको विषयहरु औपचारिक, प्राकृतिक वा सामाजिक विज्ञान सम्बन्धित विषयहरुमा हुनु पर्छ।

भाषण सामग्री मान्यता प्राप्त सहकर्मीहरूद्वारा समीक्षा पत्रिकाहरुमा प्रकाशन गरिएका सक्रिय वैज्ञानिक शोधकर्ताहरुको समुदायद्वारा बुझिएको विज्ञानको सहमत राज्यसंग पंक्तिबद्ध भएकाे हुनुपर्छ।

प्रतियोगीहरु जो छद्म वैज्ञानिक विषयहरु वा माथिका बाहेक अन्य बिषयहरुमा बहस प्रस्तुत गर्दछन् तिनिहरू अयोग्य हुनेछन्।

निर्णायककर्ता चुन्ने

देश भित्र र माथिल्लो स्तरमा प्रतियोगिताहरुको लागी, निर्णायकहरू निम्न पेशाहरुबाट गैर अगाेरा सदस्यहरु हुनेछन्:

  • मिडिया पेशेवरहरु - प्रस्तुतकर्ताहरु, शो होस्टहरु, अभिनेताहरु, निर्माताहरु आदि जाे टिभी, रेडियो, प्रेस, वा चलचित्र उद्योगहरुसँग सम्बन्धित छन्।
  • विद्यालय वा विश्वविद्यालयका प्राध्यापकहरू।
  • पत्रकारहरू
  • मध्यम र ठूला कम्पनीहरुका कार्यकारीहरु।
  • पेशेवर (पैसा तिर्नु पर्ने) सार्वजनिक बोल्ने सर्किट बाट वक्ताहरु।
  • अन्य सार्वजनिक बोल्ने कार्यक्रमहरु जस्तै TEDx, मंक बहस, आदिबाट वक्ताहरु।

भाषणको स्कोरिंग

निर्णायकहरूकाे निम्न मापदण्ड अनुसारकाे भाषण स्कोर हुनेछ:

  • स्पष्टता र फोकस (० देखि १०) - भाषण एक स्पष्ट, एकल शैक्षिक लक्ष्य थियो कि थिएन भनेर विचार गर्ने।
  • सहारा वा भिजुअल एड्स को उपयोग (० देखि १०) - सहारकाे लागि प्रयाेग गरिएकाे सामाग्रीकाे 'औचित्य र मौलिकता थियाे कि थिएन विचार गर्ने।
  • वैज्ञानिक सटीकता (० देखि १०) - भाषणको नजिकको विषयको वर्तमान वैज्ञानिक समझको लागी कसरी प्रस्तुत गरीरहेको थियो भनेर विचार गर्ने ।
  • सामान्य जनताको लागी पर्याप्तता (० देखि १०) - सामान्य (साधारण) जनसंख्याको विचार गर्ने र कसरी बुझ्ने भनेर विचार गर्ने ।
  • सामान्य गुणस्तर र भाषणको चाख (० देखि १०) - भाषण कती रमाईलो थियो श्रोताहरुको ध्यानकाे कब्जा र समात्न सक्षम थियो कि छैन भनेर विचार गर्ने।

प्रत्येक भाषण को लागी, माथिको स्कोरको औसत गणना गरिनेछ, र त्यो अन्तिममा उक्त स्काेर प्रतियाेगीकाे लागी ताेकिन्छ।

पदकहरु

विश्वस्तरकाे फाइनलकाे बाहेक कुनै पनि स्तरको विजेतालाई "‍(क्षेत्रको)काे सर्वश्रेष्ठ शैक्षिक वक्ता" को पदककाे रूपमा घाेषणा हुनेछ ।

 


Contributors to this page: puspa.khanal and agora .
Page last modified on Tuesday August 10, 2021 17:35:42 CEST by puspa.khanal.